कार्यालय सार्न लागेको भन्दै एमालेद्वारा विरोध

  • माघ ७, २०८०
  • कालापानी मिडिया
alt

धनकुटा । धनकुटा सदरमुकामस्थित तथ्यांक कार्यालय र पाख्रिबासमा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई सार्न लागिएको भन्दै नेकपा एमाले धनकुटाले विरोध गरेको छ।

एमाले धनकुटाले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै तथ्यांक कार्यालयलाई खोटाङमा र राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई इलाममा सार्न लागिएको भन्दै विरोध जनाएको हो। यसैगरी धनकुटामा निर्माणाधीन एक सय शय्याको अस्पतालको जग्गा प्राप्तिका लागि संघीय सरकारले निर्णय नगरेको, अघिल्ला सरकारले छुट्याएका विकास बजेट कटौती गरेको र एक स्थानीय तह एक अस्पतालको बजेट कटौती गरेको एमालेले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य तथा संघीय संसद राजेन्द्रकुमार राईले संघीय मन्त्रिपरिषद् बैठकले कार्यालय सार्ने निर्णय गरेको भन्दै त्यसको विरोधमा सबै धनकुटे एक हुनुपर्ने बताए। कार्यालय सार्न लागेको विरोधमा एमाले धनकुटाले माघ १५ गते सबै राजनीतिक दल र जनप्रतिनिधिको भेला आयोजना गर्ने तथा माघ १६ गते धनकुटा विरोध र्‍याली गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा वर्तमान सरकारले धनकुटालाई हेप्ने, अपमान गर्ने काम गरेकाले यो कार्य नरोकिए आन्दोलनको चेतावनी दिइएको छ।

एमाले धनकुटाले आइतबार नै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यालय सार्ने निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ। यता धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालय सार्न लागेको विषयमा माथिल्लो निकायबाट कुनै अनौपचारिक जानकारी नआएको बताए। उनले एमालेले बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved