यू–१९ विश्वकप : रेड्डीको शतकसँगै न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

  • माघ ७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत पहिलो खेलमा नेपाललाई न्युजिल्यान्डले ३ सय ३ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ। नेपालका लागि यो कुनै पनि टिमले दिएको सर्वाधिक ठूलो लक्ष्य हो।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डका लागि स्नेहिथ रेडीले जारी प्रतियोगिताकै उच्च १ सय ४७ रनको शानदार शतकीय अविजित इनिङ खेलेपछि नेपालले विशाल लक्ष्य पाएको हो। एक समयमा ६७ रन जोड्दा तीन विकेट लिएको नेपाल त्यसपछि भने ‘ब्याक फुट’मा धकेलियो। क्रिजमा रेडी र कप्तान ओस्कार ज्याक्सनले सानदार साझेदारी गर्दै न्युजिल्यान्डलाई उच्च स्कोरमा पुर्‍याउन सफल भएका थिए।

यी दुईबीच चौथो विकेटका लागि १ सय ५७ रनको साझेदारी भएको थियो। कप्तान ज्याक्सन ७५ रनमा आकाश त्रिपाठीद्वारा बोल्ड हुँदा साझेदारी तोडिएको थियो। तर न्युजिल्यान्डले त्यसपछि पनि विकेट पतन भए पनि उसले रन निरन्तर जोड्दा विशाल लक्ष्य बनाउन सफल भयो। उसका लागि रेडीले १ सय २५ बल खेल्दै ११ चौका र ६ छक्काको सहयोगमा १ सय ४७ रनको नटआउट इनिङ खेले। त्यस्तै, ज्याकसनले ८१ बलमा ७५ रन बनाए। थप दोहोरो स्कोरका रुपमा टोम जोनेसले ३३ रन बनाउँदा लुके वाट्सनले १४ रन बनाए।

त्यस्तै, एलेक्स थोम्सनले १३ रन बनाएका थिए। अन्य खेलाडीले भने दोहोरो रनको स्कोर बनाएनन्। तर रेडी र कप्तान ज्याक्सनकै स्कोर नेपालका लागि चुनौतीपूर्ण बन्यो। नेपालका लागि सुभाष भण्डारीले ३ विकेट लिँदा गुल्सन झाले २ विकेट ‌लिए। त्यस्तै, दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीको नाममा समान १–१ विकेट रह्यो।

यू–१९ विश्वकप इतिहासमा न्युजिल्यान्डसँग नहारेको नेपाल केही समयपछि जवाफी ब्याटिङका लागि मैदान उत्रिँदै छ। नेपालले यसअघि २००६ र २०१६ मा न्युजिल्यान्डलाई पराजित गरेको थियो। यो दुई देशबीचको तेस्रो भेट हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved