मैले देश सुरक्षीत रहोस भनेर श्री पेच राष्ट्रलाई सुम्पेको हो - राजा ज्ञानेन्द्र

  • माघ १३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्ड का प्रत्यक्षदर्शी भएर पनि अफ्नो परिवार माथि नभएको आरोप लाउनु अन्याय भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । वीरगन्जमा शनिबार गरिएको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राजा शाहले सम्झन समेत नसकिने क्षणलाई कतिपयले अतिरन्जित गरेर नेपाली नागरिकको मनमा बादल लाउने काम गरेको भन्दै चिन्ता व्यक्त गर्नु भएको हो ।

उहाँले भन्नुभयो, जेठ,१८,२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैं सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञान्ता र छलले अझ पनि हामी बहकीरहेका छौं । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो । , आफ्नो पुख्यौली राजदरवारबाट परित्याग गर्दा २०६५ जेष्ठ २८ गते आमसञ्चार माध्यम मार्फत मैले भनेको थिएँ म नेपाल मै बसि मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्तिबेलै मैले भनेको थिएँ “ स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ । हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोस उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आँकलन हो ।

उहाले बितेका १५ बर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोस सर्वत्र छताछुल्ल भएको भन्दै आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा आफुले ब्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा कृयाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको बताउनुभयो ।

उहाले भन्नुभयो,त्यसै आसय अनुरूप मैले “ चिरकाल प्रर्यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्री पेच राष्ट्रलाई सुम्पिएको थिए । । हामी देश मै छौं आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा , गाइरहेका छौं । अहिले पनि देशको सर्वागिण उन्नति होस्, भेदभाव रहित ढंगले सबै देशवासीको विकास हुँदै जावोस् भन्ने नै हाम्रो भावना छ । आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातन देखि रहि आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ । त्यसैले हाम्रो राज्य ब्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ ब्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ । यसैमा हाम्रो कल्याण छ । FB_IMG_1706350881907 FB_IMG_1706350885134

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved