काठमाडौं । आईसीसी यू- १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको खेलमा भारतको सामान गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ ।
ताजा अवस्थामा नेपालले ३० ओभरको खेल सकिँदा ७ विकेट गुमाएर मात्र ९३ रन बनाएको छ । देव खनाल २५ बलमा १९ रन बनाएर क्रिजमा छन् । उनलाई सुवास भण्डारीले साथ दिइरहेका छन् । भारतविरुद्ध अर्जुन कुमाल २६ रन तथा दीपक बोहोरा २२ रनमा आउट भए ।
त्यस्तै गुलशन झा र विशाल विक्रम केसी १ रनमा आउट भए । भने दीपेश कँडेल, दीपक डुम्रेले खाता खोल्न सकेनन् । यसअधि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन जोडेपछि नेपालले २ सय ९८ रनको लक्ष्य पाएको थियो ।
मौसम खराब भएसँगै दोस्रो इनिङ केही ढिला गरी सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved