टेकु अस्पतालमा उपचारार्थ कोरोना भाइरस संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य बन्दै , ७५८ जनाको नमूना परीक्षण

  • चैत्र १४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित पुष्टि भइसकेका तीन जना पुगेका छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना पुष्टि भएपछि नेपालमा कोरोना भाइरस संक्रमणले बढी चर्चा पाउनुका साथै सरकारले पनि थप उच्च सतर्कता अगाडि बढाएको हो ।

अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित एक युवती र युवकको उपचार भइरहेको छ ।उनीहरुको उपचार चलिरहेका बेला आम नेपालीमा उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा खुल्दुली भइरहेको छ । छिमेकी देश भारतमा कोरोना संक्रमणबाट २० जनाको ज्यान गइसकेको अवस्थामा नेपालमा कोरोना पुष्टि भइसकेका बिरामीको अवस्था कस्तो होला भन्ने जिज्ञासा उठ्नु स्वभाविक पनि हो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण नियन्त्रित अवस्थामै रहेको बताएको छ । अस्पतालले नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएका तीन जनामध्ये एक जना पूर्ण स्वस्थ भएर घर फर्किसकेको जनाएको छ ।

अहिले अस्पतालमा रहेका एक युवती र युवाको उपचार चलिरहेको अस्पतालले जानकारी दिएको छ । टेकु अस्पतालका डाक्टरले दिएको अहिलेसम्मको जानकारीमा अस्पतालमा रहेका १९ वर्षीया युवती र एक ३२ वर्षीय युवकको स्वास्थ्य सामान्य अवस्थामै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

उनले युवकमा खोकीको समस्या रहेको र युवतीको अवस्था सामान्य रहेको अस्पतालका डाक्टरले आफूहरुलाई जानकारी गराएको बताए । उनले भने, ‘अहिलेसम्म युवतीको अवस्थामा सामान्य देखिन्छ, युवकलाई भने खोकी लागिरहेको छ । दुवैमा खासै जटिल लक्षण देखिएको छैन ।’

अहिले उनीहरुको उपचारमा टेकुका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेको बताउँदै देवकोटाले भने, ‘बाँकी कुरा डाक्टरहरुको परामर्श र छलफल पछि मात्र भन्न सकिन्छ ।’ टेकुमा उपचाररत युवती फ्रान्सबाट कतार हुँदै विमानमार्फत नेपाल आएकी थिइन् । यता ३२ वर्षीय युवक भने यूएई (दुवई)बाट आएका थिए ।

हालसम्म ७५८ जनाको नमूना परीक्षण
विश्वमा विकसित देशहरुलाई समेत आक्रान्त बनाइरहेको अवस्थामा नेपालमा देखिएको कोरोना भाइरस संक्रमणले धेरै नेपालीलाई चिन्तित बनाइरहेको छ । नेपालमा कोरोना भाइरस संक्रमित बिरामी देखिएको अवस्था र सरकारले लकडाउन आदेशअघि भारतलगायत विभिन्न देशबाट ठूलो संख्यामा नेपालीहरु देश भित्रिएपछि नागरिकमा थप चिन्ता जगाएको हो ।

भारतमा रोजगारी गरिरहेका ठूलो संख्याका नेपाली भित्रिएपछि थप चिन्ता बढाएको पाइएको छ । जसका कारण पछिल्लो समय कोरोना भाइरस संक्रमणको आशंकामा नमूना परीक्षण गराउनेहरु ह्वातै बढेको टेकु अस्पतालले बताएको छ ।

कोरोना संक्रमण परीक्षण हुने नेपालको एक मात्र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका अनुसार अहिले (बिहीबार साँझ) सम्म ७५८ बिरामीको नमूना (र्‍याल) परीक्षण भइसकेको छ । तीमध्ये तीन जना बाहेक अन्यमा कोरोना देखिएको छैन । यस्तै कोरोना परीक्षणका लागि अहिलेसम्म ६८७ वटा नमुना प्राप्त भएको प्रयोेगशालाको तथ्याङ्गमा उल्लेख छ । हालसम्मको अवस्थामा नेपालमा तीन जना बाहेक अरु कसैमा कोरोना देखिएको छैन ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved