वीरगञ्जकी मुस्कान खातुनमाथी तेजाब प्रहार गर्ने समसाद मिया साधारण तारेकमा रिहा , खातुन उपचारमै

  • चैत १४, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज १४ चैत : वीरगञ्जकी मुस्कान खातुनमाथी तेजाब प्रहार गर्नेअभियुक्तहरु मध्येका एक जनालाई पर्सा जिल्ला अदालतले आज मुक्त गरेको छ । अभियुक्त मध्ये समसाद मियालाई जिल्ला अदालत, पर्साले साधारण तारेखमा रिहा गरेको हो । वैशाख १४ गते पुनः अदालतमा हाजिर हुने गरि आरोपिलाई छाडिएको समाचार स्रोतले जनाएको छ । वीरगंज छपकैया निवासी मुस्कानमाथि गत भदौ २० गते बिहान विर्ता नजिक गणेशमान चोकमा एसिड प्रहार भएको थियो । मुस्कानको अनुहारको दायाँ भाग, छाति र हाथ एसिडले जलेको छ । त्रिभुवन माविको कक्षा ९ मा अध्ययनरत मुस्कानमाथि एसिड आक्रमण भएपछि यस्को चौतर्फी बिरोध भएको थियो । घाइते मुस्कानको अहिले पनि उपचार चलिरहेको छ भने पीडक अभियुक्तलाई अदालतले साधरण तारेकमा लकडाउनको मौका पारेर रिहाई गरे पछि वीरगंजका बासिन्दा जिल्ला अदालत प्रति असन्तुष्ट बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved