डुडुवामा ७ लाखको आकस्मिक कोष स्थापना

  • चैत १४, २०७६
  • कालापानी मिडिया
alt

जावेद अन्सारी,बाँके । कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट बच्न तथा प्रभावकारी व्यवस्थापनका लागि बाँके डुडुवा गाउँपालिकाले आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरेको छ ।

गाउँपालिकामा आर आर टिको बैठकले कोरोनाबाट उत्पन्न जटिल समस्याको व्यवस्थापन तथा कार्यन्वयनका लागि रु ७ लाखको आकस्मिक कोष बनाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले कोष बृद्धिका गर्न थप रकम जम्मा गर्नका लागि सबैमा आवहान समेत गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अन्र्तगत रहेका सम्पुर्ण कर्मचारीहरुले तीनदिन बराबरको पारिश्रमिक उक्त कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए । उनले गाउँपालिका अन्र्तगत विभिन्न शाखामा कार्यरत करिब साढे दुई सय बढी कर्मचारीहरुले आफुले पाउने पारिश्रमिकबाट ३ दिनको पारिश्रमिक जम्मा गर्ने वताए । यस्तो जटिल संकटको अवस्थामा मानविय सहयोगका लागि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको हो ।

बैठकले गाउँपालिकामा ३० बेडको क्वारेन्टाइन बनाउन शुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर २ बेतहनी स्वास्थ्य चौकी र वार्ड नंं ४ स्थित आधारभुत विद्यालय शाहपुर्वामा १०-१० वटा बेडको क्वारेन्टाइन केन्द्र बनाउने निर्णय भएको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार गाउँपालिका सिमासंग जोडिएकाले भारतबाट समेत मानिसहरु आउने भएकाले र सरकारको निति अनुसार क्वारेन्टाईन बनाउन थालिएको छ ।

अहिले तत्काल दुई वटा स्थानमा १० शैयाको क्वारेन्टाइन बनाउने र पछि आवश्यकता अनुसार वार्ड नंं ६ मा समेत १० बेडको क्वारेन्टाइन बनाउने लक्ष्य रहेको अध्यक्ष चौधरीले बताए । अहिले गाउँपालिकामा स्वास्थ्य सरसफाई तथा जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामुलक सन्देशसहितको माइकिङ्गको कार्य भईहेको छ ।

गाउँपालिकाले हरेक नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी प्रत्येक घरधुरीलाई साबुन र मास्कको व्यवस्थापनको समेत तयारी गरेको छ । मानिसहरुलाई अत्यावश्यक अवस्था बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको र जनताले लकडाउनको पालना गरिरहेको पालिका अध्यक्ष चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved