ताप्लेजुङमा बाढीपहिरोका कारण ८१ परिवारका ३ सय ४२ जना बिस्थापित

  • असार ६, २०८१
  • कालापानी मिडिया
alt

माला पालुङवा ताप्लेजुङ । ताप्लेजुङमा मनसुन सुरु भएयता ८१ घरका तिन सय ४२ जना विस्थापित भएका छन् ।

ताप्लेजुङ प्रहरीका अनुसार मंगलबार सम्ममा जिल्लाका विभिन्न स्थानका गएको बाढी पहिरोले ८१ घरका १ सय ६३ महिला र १ सय ७९ जना पुरुष गरी ३ सय ४२ जना मानिस बिस्थापित भएका हुन् । जिल्लामा गएको पहिरोले मानवीय सहित धेरै धनसम्पतीको समेत क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायन उपरिक्षक रवि रावलका अनुसार ८ वटा घर पुर्ण रुपमा क्षति पुगेको छ भने १८ वटा घर उच्च जोखिममा र ५५ ओटा घरका जोखिममा रहेको छ । पहिरोका कारण जोखिममा रहेका घरका मानिसहरुलाई हाल आफन्तको घर, विद्यालय तथा खुल्ला मैदानमा व्यवस्थापन गरिएको समेत उपरिक्षक रावलले बताए ।

बाढी पहिरोमा परि ३ दिनकै अवधिमा ५ जनाले ज्यान समेत गुमाएका छन् । फक्ताङलुङ गाउँपालिकाको खेजेनिममा एकै परिवारका ४ जना र सिरिजंघा गाउँपालिकाको निर्माणधिन हाईड्रोपावर कम्पनीमा कार्यरत पाँचथरका मजदुरको पहिरोमा परि ज्यान गएको हो । पहिरोमा परि दुई जना घाईते समेत भएका छन् भने उहाहरुको अवस्था हाल सुधारमा आईसकेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोले मोटरेवल पुल दुई वटा, एउटा झोलुङगे पुल, एउटा निर्माणधीन पुल र मान्छे हिड्न बनाएको एउटा सिमेन्टेड पुल बगाएको रावलले जानकारी दिए । पहिरोले एउटा माइक्रो हाइड्रो र लिम्बू संग्राहलय तथा एक खाने पानी योजनमा पनि क्षति पु¥याएको छ ।

पहिरोले ४ वटा सवारी साधन, एउटा क्रसर, ९ वटा अलैँचीबारी र पहिरोका कारण ६ स्थानका सडकमा क्षति पुग्दा ३ स्थानका मात्रै सञ्चालनमा आएको छ । बाँकी ३ स्थानका सडक अझै अबरुद्ध नै रहेको प्रहरीले जनाएको छ । पहिरोबाट नै ८४ ओटा पशु र ३१ ओटा पशुपन्क्षी मरेको जनाइएको छ । पहिराले एउटा बाख्रा फर्म, ९ ओटा गोठमा समेत क्षति पु¥याएको छ ।

वर्षाकै कारण आएको बाढीपहिरोले ताप्लेजुङका विभिन्न स्थानमा बिद्युत आपुर्ति तथा टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । यता समितिले जिल्लाका ४१ ओटा वडा पहिरोको उच्च जोखिममा, १८ ओटा वडा मध्यम जोखिममा र २ ओटा वडामात्रै न्युन जोखिममा रहेको जिल्ला विपत ब्यवस्थापनसमितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved