सुदूरपश्चिम नाकाबाट भित्रिएका डेड लाख मानीस मध्ये २७ को मात्रै स्वाब परीक्षण

  • चैत १५, २०७६
  • कालापानी मिडिया
alt

धनगढी । भारतमा कोरोनाको भाइरसको संक्रमण बढ्दै गएपछि ठूलो संख्यामा नेपाली घर फर्केका छन्। अन्य प्रदेशभन्दा भारतसँग धेरै आवतजावत हुने सुदूरपश्चिम प्रदेशमा करिब डेढ लाख मान्छे नेपाल आएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांक अनुसार फागुन २३ गतेबाट चैत १० गतेसम्म १ लाख ४३ हजार मान्छे भारतबाट सुदूरपश्चिमका विभिन्न जिल्ला आएका छन्। विदेशबाट आउने सबै यात्रु अनिवार्य क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा बस्नुपर्छ। सरकारले सकेको खण्डमा क्वारेन्टाइनमै राख्नु बेस हुन्छ। यस्तो गर्दा सरकारले व्यक्तिको चौबिसै घन्टा निगरानी राख्नसक्छ।

तर मन्त्रालयले प्रदेशभर जम्मा ६ सय ६९ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको जानकारी दिएको छ। त्यस्तै शुक्रबारसम्म जम्मा २७ जनाको मात्र थ्रोट स्वाब परीक्षण भएको जनाइएको छ। जसमध्ये एक जनाको पोजेटिभ, १३ जनाको नगेटिभ र बाँकीको नतिजा आएको छैन।

अहिले देशभरमा नमूना परीक्षण गर्ने सुविधा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ। सरकारले सातै प्रदेशमा यस्ता प्रयोगशाला विस्तार गर्ने भने पनि चीनबाट पिसिआर मेसिन आएपछि मात्र त्यो सुविधा रहन सक्छ।

प्रदेशभर जम्मा २१ वटा आइसियू र १० वटा भेन्टिलेटरसहितका बेड छन्। भोलि भारतबाट आएकाहरूबाट जोखिम बढ्यो भने यो पूर्वाधारले थेग्न नसकिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved