वेदकोट नगरपालिकामा ६७ शैयाको क्वारेन्टाईन तयार, अनुगमनामा नगरप्रमुख नै सक्रिय

भारतबाट फर्किएका ७ सय ३२ जनाको तथ्याङ्क संकलन

  • चैत्र १५, २०७६
  • कालापानी मिडिया
alt

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिकाले ६७ शैयाको क्वारेन्टाईन तयार गरेको छ । नगर प्रमुख अशोक कुमार चन्दको नेतृत्वमा नोबेल कोरोना भाईरस संक्रमितलाई राख्न वेदकोट नगरपालिका ९ सुन्दरपुरस्थीत कृषी तालिम केन्द्रको भवनमा क्वारेन्टाईन निर्माण गरिएको हो ।

90974093_2977725582453773_375123895331586048_o

वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले कोरोना विरद्धको सहजकताका लागि तिव्र रुपमा तयारी भईरहेको र नगरको विभिन्न स्वास्थचौकी र सामुदायिक भवनलाई क्वारेन्टाईनका लागि तयारी अवस्थामा राखिएको वताए। उनले सुविधा सम्पन्न क्यारेन्टाईन निर्माण गरिएको रत्यसमा हाल नौ जनालाई राखिएको समेत जानकारी दिए।

91474150_2977725372453794_6288307256396087296_o

उक्त क्वारेन्टाईनलाई नगरपालिकाले आईशोलेसन वार्ड बनाउने तयारी गरेको बताउँदै नगर प्रमुख चन्दले भने ‘हाल सुन्दरपुरमा ६४ शैयाको पुर्ण सुविधाको क्यारेन्टाईन बनाईसकेका छौँ, नगरका अन्य ठाउँहरुमा पनि क्वारेन्टाईन राख्ने तयारी भईरहको छ। साथै उनले भने क्वारेन्टाईन र सर्तकताका लागि आवश्यक स्रोेत साधन र जनशक्ती परिचालन गरिएको छ । त्यस्तै अम्मर सामुदायिक वनको कार्यालय भवनमा पनि ३ शैयाको क्यारेन्टाईन बनाईएको छ ।

91070672_2977725649120433_2952041368840568832_o

यता, वेटकोट नगरपालिका २ को स्वास्थ्य चौकी भवनलाई पनि क्वारेन्टाईन बनाउन आवश्यक तयारी भईरहेको छ, भने वडा नम्बर ३ को जीम हाउसलाई पनी क्वारेन्टाईन बनाउन नगरपालिकाले तयारी थालेको छ । साथै वडा नम्बर ७ को साना सहकारीको भवन पनि क्यारेन्टाईनका लागि तयारी गरिएको छ । ‘पहिलो चरणमा सम्भावित ठाउँहरुलाई क्यारेन्टाईनका लागि छनौट गरेको छौँ ’ नगर प्रमुख चन्दले भने ‘भवन खोजी सकेका छौँ, सुन्दरपुरको क्यारेन्टाई अपुग भएमा अन्य ठाँउमा ब्याट राखेर व्यवस्थापन गछौँ ।’

90974093_2977725582453773_375123895331586048_o

उसोत, नगर प्रमुख चन्दले नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयलाई सेल्फ क्वारेन्टाईनका लागि उपब्लध गराउन पनि आग्रह गरेका छन् । उनले घरमा सेल्फ क्वारेन्टाईन बस्न ठाउँ अभाव भएका स्थानीयलाई विद्यालयका कक्षा कोठा उपब्लध गराउन आग्रह गरिएको बताए । उनले भने, ‘ठुलो परिवारमा बसेका व्यक्तिलाई छुट्टै सेल्फ क्वारेन्टाईनमा बस्न समस्या हुन सक्छ, त्यस्तो अवस्थामा विद्यालयका कक्षा कोठाको व्यवस्थापनका लागि सम्बन्धित निकायलाई भनेका छौँ, साथै त्यसको व्यवस्थापनका लागि जनप्रतिनिधि साथिहरु जिम्मेवारीका साथ खटिनु भएको छ ।’

90934530_2977726272453704_5225520850291130368_o

यति मात्रै होइन नगर प्रमुख चन्द खाद्य तथा स्वास्थ्यको उच्च जोखिम रहेका क्षेत्रमा आफै अनुगमनमा खटिएका छन् । देशभर लकडाउन गरिएका बेला पर्ने उच्च जोखिम रहेको क्षेत्रमा नगरपालिकाले अनुगमन गर्न थालेको हो। नगर भित्रका वृद्धमश्रमहरुमा वृद्धवृद्धाको स्वास्थ्य अवस्था र खाद्यन्नबारे जानकारी लिदै नगर प्रमुख स्वयम समाधानका लागि खटिएका छन् । उनले सुकुम्बासी बस्तीको पनि अनुगमन गरेका छन्

भारतबाट फर्किएका ७ सय ३२ जनाको तथ्याङ्क संकलन

90817459_2977726039120394_1675380911543156736_o

बेदकोट नगरपालिकाले नगरभित्र भारतबाट फर्किएकाहरुको विवरण संकलन गरेको छ । चैत्र १० गतेदेखि घरदैलो कार्यक्रम गर्दै नगरवासीहरुको विवरण संकलन गरेको हो ।

91385762_807509996392666_9205813806821801984_n 1

शुक्रवारसम्मको तथ्याङ्क अनुसार नगरभित्र ७ सय ३२ जना भारतबाट फर्किएका छन् । ‘उनहरुको ‘घर–घरमा गएर विवरण संकलन गरिए संगै ‘उनिहरुलाइ होम क्वारेन्टाइनमा बसेर सतर्क रहन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved