स्याङ्जामा बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते

  • श्रावण १४, २०८१
  • कालापानी मिडिया
alt

स्याङ्जा । स्याङ्जामा बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

आइतवार जिल्लाको भिरकोट नगरपालिका-४ दर्वङठाँटीबाट वालिङ जाँदै गरेको ध १ ज २६ नम्बरको जिप दुर्घटनामा परेको हो। जीप सडकवाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चारै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो।

घाइते भएका भिरकोट-४ का २८ वर्षीया धन बहादुर राना र ५१ वर्षका इन्द्र बहादुर थापाको अवस्था सामान्य रहेको र उपचारपछि दुवैजना घर फर्किएका छन्। चालक ३६ बर्षका चित्र बहादुर राना र ७२ बर्षकी शोभा थापालाई थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजबाट स्वस्थानी व्रत ...

काठमाडौं । आजबाट स्वस्तानी व्रतकथा सुरु भएको छ ।वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवताला ...

हेर्नुस २०८१ साल पुस ...

काठमाडौं । आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार सन् २०२५ जनवरी १३ तारिख। पुस शुक्ल पक्षको पूर्णिमा ...

पृथ्वीनारायण शाहकै क ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved