यी चार प्रदेशमा हुनेछ आज राति भारी वर्षा

  • श्रावण १४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । देशभर साधारणतया बदली रहँदा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।

कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर साधारणतया बदली रहनेछ। सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजबाट स्वस्थानी व्रत ...

काठमाडौं । आजबाट स्वस्तानी व्रतकथा सुरु भएको छ ।वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवताला ...

हेर्नुस २०८१ साल पुस ...

काठमाडौं । आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार सन् २०२५ जनवरी १३ तारिख। पुस शुक्ल पक्षको पूर्णिमा ...

पृथ्वीनारायण शाहकै क ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved