प्रेस स्वतन्त्रतामाथि धनगढिमाइ नगरपालिकाका मेयर महतोको हस्तक्षेप: महासंघको चेतावनी

  • भदौ ३, २०८१
  • कालापानी मिडिया
alt

मुकेश कुमार यादव, सिराहा। समाचार लेखेको विषयलाई लिएर धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवलाई धाकधम्की तथा गालीगलौज गरेको घटनाप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ।

समाचार लेखेकै विषयमा पत्रकारलाई नगर प्रमुखजस्तो व्यक्तिले आफै फोन गरी अपमान जनक शब्द प्रयोग गर्नु र धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै महासंघको ध्यानाकर्षण भएको हो। संचारकर्मी यादवले गत साउन २३ गते न्यूज कारखाना र प्राइम टेलिभिजनमा नगरस्तरीय योजनाबाट खानेपानीको लागि वोडिङ जडान कार्यमा उपभोक्तासँग अवैध रुपमा रकम असुलेको समाचार लेखेका थिए। जुन विभिन्न सञ्चारमाध्यमहरुले प्रकाशन गरेका थिए।

समाचारमा वडा अध्यक्षहरुकै सक्रियतामा व्यक्ति परिचालन गरी अवैध रुपमा एक थान बोरिङ जडान गरेवापत ३० देखि ४० हजार रकम असुल गरेको उल्लेख गरिएको छ। प्रकाशित समाचारको विषयलाइ लिएर नगर प्रमुख महतोले समाचार तुरुन्त डिलिट गर्न दवाव दिदैं धम्कीपूर्ण भाषा प्रयोग गरेको थियोे।

उनले फोनबाट तत्काल समाचार हटाउन दवाव दिदै यसकोलागी मैले जे गर्नुपर्छ गर्छु भन्दै धम्क्याएका थिए। ‘यसरी एक जना पत्रकारलाई समाचार लेखेकै कारण धाक धम्की दिएर मानसिक पीडा दिने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो; महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

विज्ञप्तीमा ‘समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदाहुँदै पत्रकारमाथि जाई लाग्ने घटना महासंघलाई किमार्थ स्वीकार्य छैन। नगर प्रमुख महतोको यो अनुदार कार्यशैली पत्रकारलाई स्वतन्त्रता पूर्वक बाँचन र लेख्न देउ भन्ने विश्वव्यापी मान्यताको विपरित छ। तसर्थ सङ्ग सिरहा शाखाले नगर प्रमुख महतोको कार्यशैलिको तिव्र निन्दा गर्दै आफ्नो व्यवहार तत्काल सुधार गरी स्वतन्त्र रुपमा लेख्न र बोल्ने अधिकारको सुनिश्चितता गर्न अपिल गर्दछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल का ...

काठमाडौं । आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर २२ तारिख। कात्तिक कृष्ण पक्षको ...

बिपक्षी पाँच दलले बु ...

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा (माओवादी क ...

त्रि.बि.बि का स्नातक ...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्न ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved