राप्रपा ले आन्दोलन केन्द्रीत प्रशिक्षण संचालन गर्ने

  • असोज ७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रणनीतिक रुपमा आन्दोलनकेन्द्रीत प्रशिक्षण संचालन गर्ने भएको छ । आन्दोलनकेन्द्रीत प्रशिक्षक प्रशिक्षण असोज ८ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न गरिनेछ ।

महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्सेर राणाको नेतृत्वमा राप्रपाले रणनीतिक रुपमा आन्दोलनको तयारी जारी राखेको छ । काठमाडौं केन्द्रीत आन्दोलनका लागि देशभरका वडाबाट बीस हजार युवा दस्ता तयार गर्ने क्रममा राजनीतिक, परिचालन र व्यवस्थापनका विषयमा राप्रपाले विशेष प्रशिक्षण आयोजना गर्न लागेको हो । ‘देशमा चौतर्फी संकट र समस्या छ ।

देशको बीस प्रतिशत जनसंख्या देशबाहिर छ, दैनिक रुपमा २६०० नेपाली देशबाहिर जान्छन् । यस्तो कहालीलाग्दो अवस्थामा समाधानका लागि राप्रपाले नवीन समझदारीको प्रस्तावना अघि सारेको हो । पार्टीको घोषित नीतिअनुरुप आन्दोलन जारी राखेको हो, यसै सिल्सिलामा आन्दोलन केन्द्रीत प्रशिक्षण आयोजना गरिएको हो,’ राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने ।

प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले देशका ७७ जिल्लामा गएर युवाहरुका लागि प्रशिक्षण संचालन गर्नेछन् । पार्टी स्रोत अनुसार, जिल्लास्तरीय प्रशिक्षण तिहार अगावै सम्पन्न गरिनेछ । केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरीका ६,७४३ वडाबाट कम्तिमा तीन जना जुझारु यूवा तयार गर्ने रणनीतिमा राप्रपा अघि बढेको हो । राजसंस्था, सनातन हिन्दू  अधिराज्य, प्रदेशी खारेजी, भ्रष्टाचारको अन्त्य लगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राप्रपाले सडक संघर्ष जारी राखेको छ ।

देशभरीबाट चुनिएका युवाहरु सहभागी गराएर काठमाडौंकेन्द्रीत आन्दोलनका लागि राप्रपा युवा दस्ता खडा गर्ने क्रममा छ । जिल्ला खटिने प्रशिक्षकको टोलीमा राजनीतिक र भूपु सुरक्षाकर्मी प्रशिक्षकहरु सहभागी हुनेछन् ।

Messenger_creation_D46A0D38-8B2C-432B-9A5C-AC156937F056

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved