बुटवलमा कोरोना आशंकित एक जनाको मृत्यु,कारण खुल्न अझै ३ दिन लाग्ने

  • चैत १६, २०७६
  • कालापानी मिडिया
alt

प्रदिप आचार्य, बुटवल । बुटवलको धागो कारखानामा रहेका कोरोना अस्थायी अस्पतालमा आईसोलेशन बेडमा उपचार गराईरहेका १ जनाको मृत्यु भएको छ ।

गत १३ गते कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका ३४ वर्षिय युवाको आज मध्यान्न्ह मृत्यु भएको कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा सुदर्शन थापाले जानकारी दिए । उनी गत चैत्र ६ गते दुबईबाट काठमाण्डौ हुंदै रुपन्देही आएका थिए । सैनामैनाका स्थायी बासिन्दा उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

‘आज बिहान उहाँँलाई अलि बढी समस्या देखियो, आईसीयुमा राख्ने तयारी हुँँदाहुँँदै निधन भयो’ कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा। सुदर्शन थापाले भने । मृतक कोरोनाको परिक्षणका लागि स्वाव निकालेर काठमाण्डौ पठाइएको भएतापनि रिर्पोट आईसकेको छैन ।

स्वाव परिक्षणका लागि आज काठमाण्डौ पठाईएको प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक डा राजेन्द्र गिरीले बताए । उनले भने मृत्यु भएको हो र के कारणले हो ३ दिनपछि पत्तालाग्ने डा .गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved