काठमाडौंको कीर्तिपुर नगरपालिकाकाको २ वडामा शान्तिपूर्ण मतदान जारी

  • मंसिर १६, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौ। काठमाडौंको कीर्तिपुर नगरपालिकाकाको प्रमुख र दुई वडाको वडाध्यक्षका लागि शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि मतदान भइरहेको छ । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र र विभिन्न दलका गरी जम्मा २० उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । त्यसमध्ये नौ उम्मेदवार विभिन्न राजनीतिक दल, एक यौनिक अल्पसङ्ख्यक तथा ११ स्वतन्त्र उम्मेदवार छन् ।

कीर्तिपुर–१ को वडाध्यक्षमा सात पुरुष र एक महिलासहित आठ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । वडाध्यक्ष पदमा पाँच राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । यसैगरी वडा नम्बर ४ को वडाध्यक्षका लागि एक यौनिक अल्पसङ्ख्यक समुदाय, दुई महिला र नौ पुरुष उम्मेदवार चुनावी मैदानमा छन् ।

कीर्तिपुर नगरपालिकामा कुल ३१ हजार एक सय १२ मतदाता छन् । २०७९ सालमा भएको निर्वाचनमा विजयी नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जन र वडा नम्बर ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएकाले ती स्थानमा उपनिर्वाचन भएको हो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved