सांसद शर्माले भने रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउ

  • मंसिर २५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरिरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरे ।

उनले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए । उनले सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भएपनि अहिलेसम्म अमानविय व्यवहार गरिरहेको बताए ।

शर्माले गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय भएपनि एउटा मान्छेलाई गिरफ्तार गरेर यतिसम्म अमानवीय व्यवहार गर्नु स्वीकार्य नभएको बताए । उनले भने,‘अनुसन्धान गर्नेकुरा सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय हो । तर एउटा मान्छेलाई गिरफ्तार गरेपछि प्रक्रिया हुन्छ ।

नेपाली काँग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय भएकाले १० दिनभित्रमा अदालतमा बुझाउनुपर्ने भएपनि नियतवस जानीजानी मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा कुदाउने काम भएको छ । लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्ने काम भएको छ ।’ उहाले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पुर्‍याउने काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजदेखि नेपाली कांग्र ...

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते आइतबारदेखि विशेष महाधिवेशन पक ...

आधुनिक नेपाल राष्ट्र ...

अनुपमा जोशी । नेपाल राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको भूमिका ! परिचय पृथ्वी नारायण शाहले आधुनिक न ...

राष्ट्रिय सहमति बिना ...

राजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देश बच्ने हो कि होइन भन् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved