कञ्चनपुरको बेलडाँडी गाउँप्रमुख रानाले चलाए सडक विस्तारका लागि आफ्नै घरमा डोजर

  • फागुन ७, २०८१
  • कालापानी मिडिया
alt

बेलडाँडी । कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुखले सडकमा पर्ने आफ्नै व्यवसायिक घरमा डोजर लगाएका छन्। बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले सडकमा पर्ने आफ्नै घरमा डोजर लगाएका हुन्।

केही वर्ष अघि रानाले चवन्नी बजारमा एक व्यवसायिक सटर निर्माण गरेका थिए, उक्त घर नक्सा अनुसार सडकमा परेपछि उनले आफ्नै घरमा डोजर लगाएर सडकको जमिन खाली गराएका छन्।

बेलडाँडी गाउँपालिका २ चवन्नी बजारदेखि कालिकिच तालसम्म जोड्ने सडक विस्तारका क्रममा गाउँप्रमुख रानाकै घर सडकमा परेको थियो। उनले आफ्नै घर भत्काएर सडक विस्तारको कामकाज थप सहजिकरण गरेका छन्।

गाउँप्रमुख रानाले व्यक्तिगत स्वार्थभन्दा गाउँको दीगो विकास र समृद्धिका लागि आफूले आफ्नै संरचना भत्काएर सडकमा पर्ने घर हटाएको बताएका छन्। गाउँपालिकाले चवन्नी–कालिकिच सडक विस्तारका क्रममा सडकमा पर्ने संरचना हटाउन दुई पटक सूचना जारी गरेको थियो। कसैले पनि हटाउन नमानेपछि मंगलबारदेखि उनले आफैले आफ्नैबाट शुरु गरेका छन्।

विकासका लागि पूर्वाधार भन्दै सडक विस्तारको लागि सबैले मिलेर सहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनले बताए। “हामी सबै मिलेर नक्साअनुसारको क्षेत्रमा रहेका संरचनाहरू हटाउनु पर्छ, यो बाध्यता हो, न एक दिन हामीले खाली गर्नु पर्छ, त्यसैले अहिले नै मिलेर अघि बढ्नु उत्तम हुनेछ,” उनले भने।

सडक विस्तारका क्रममा प्रारम्भिक असहजताहरू आउन सक्छन्, तर दीर्घकालीन रूपमा यसले सबैलाई फाइदा हुन्छ, व्यवस्थित सडकले व्यापार, यातायात, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँछ।

कानूनी रूपमा नक्साको सडकलाई कुनै व्यक्तिले निजीकरण गर्न सक्दैन, त्यसैले सबैले नक्साको बाटो खोल्ने सहमतिमा आउनुपर्ने बताए। चालु आर्थिक वर्षमा संघीय सरकारको १ करोड र ९० लाख बजेटमा चवन्नी बजारदेखि कालिकिच प्राकृतिक तालसम्म सडक विस्तारको योजना छ।

बर्षौँपछि बजारदेखि पर्यटकीय गन्तव्य जोड्ने कालिकिच तालसम्मै सडक स्तरोन्नति हुने भएपछि स्थानीय समेत हर्षित भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved