काठमाडौँ । राप्रपा परित्याग गरेकी अञ्जना शाह कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी छन् । उनले केही समयअघि राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् ।
बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरे । थापाले सबै राजावादी , हिन्दुवादी र सङ्घीयता विरोधी एक ठाउँमा आएर भ्रष्ट व्यवस्था र शासकको विकल्प खोज्न सडकमा आउनु पर्नेमा जोड दिए ।
दलहरूकै असक्षमता र असफलताको कारण अब सङ्घीय, धर्मनिरपेक्ष , गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो । यस्तै शाहले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डाको सूत्रधार कमल थापा भएकाले उनलाई नै साथ दिन आफू पार्टीमा आएको बताइन् । रावललाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved