काठमाडौं : नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब रुपैयाँको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रूपमा बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा यसवर्ष आयात ११.२० र निर्यात ५७.२० प्रतिशतले बढेको छ। अर्थात् गत वर्षको तुलनामा यो वर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ ।
पछिल्लो आठ महिनामा रू एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँको भटमास (सोयाबिन) तेल निर्यात गरेको छ । त्यस्तै, सात अर्ब ९८ करोड २३ लाख रुपैयाँको सूर्यमुखी तेल पठाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved