नेतृत्व पदले होइन, विचार र व्यवहारले चिनिन्छ" - नेतृ रीता शाही

  • जेठ १८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । डा. सुनिल शर्माद्वारा डा. शशाङ्क कोइरालाप्रति देखाइएको सम्मान अहिले राजनीतिक वृत्तमा प्रेरणाको विषय बनेको छ । संसद बैठक सकिएपछि बाहिरिँदै गर्दा देखिएको एक सादगीपूर्ण तर ऐतिहासिक दृश्य अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उदाहरणीय बन्दै गएको हो ।

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले वरिष्ठ नेता डा. शशाङ्क कोइरालाप्रति देखाएको सम्मान र भद्र व्यवहारले धेरैको ध्यान तानेको छ। उक्त दृश्यमा डा. शर्मा प्रतिनिधिसभा भवनभित्रबाट डा. शशाङ्क कोइरालालाई गाडी तर्फ लिएर आउँछन्, गाडीको ढोका खोलेर उहाँलाई राख्छन्, र त्यसपछि झुकी–झुकी हात ढोग्दै नमन गर्छन्।

यो सम्मानसहितको विदाइ दृश्यले नेपाली राजनीतिमा अझै पनि संस्कार, आदर र आत्मीयता जिवित रहेको सन्देश दिएको छ।

यहि संदर्भमा कांग्रेस नेतृ रीता शाही भावुक बन्दै प्रतिक्रियाले दिएकी छिन ।

शाहीले सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाट सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्: “नेतृत्व पदले होइन, विचार र व्यवहारले चिनिन्छ । संघर्ष गर्नेहरूप्रति सम्मान गर्न नडगमगाउने, अग्रज प्रतिको कदर गर्ने, र सकारात्मक सोच राख्ने क्षमता - यही हो सच्चा राजनीतिज्ञको चिनारी, जुन नेपाली कांग्रेसका नेता माननीय दाइ डा. सुनिल शर्माको कार्यशैलीमा स्पष्ट देखिन्छ। यस्तो नेतृत्वलाई सम्मान गरौँ, मूल्याङ्कन गरौँ। जय नेपाल।”

शाहीको यो अभिव्यक्तिले मात्र होइन, डा. शर्माको कार्यशैलीले पनि नेपाली राजनीतिमा आवश्यक सकारात्मक संस्कार र मानवतावादी नेतृत्वको खाँचोलाई स्पष्ट रूपमा चिनाएको छ। संसदको भित्री अनुशासन र बाह्य संस्कार सामान्यतया संसदजस्ता औपचारिक स्थलमा नेताहरूको व्यवहार निकै गम्भीरतापूर्वक हेरिन्छ।

डा. शर्माले वरिष्ठ नेताप्रति देखाएको आदर र शालीनता, जनप्रतिनिधिहरूबीचको सम्बन्धमा गहिरो सद्भाव, अनुशासन र संस्कारको झल्को दिन्छ। यस्तो व्यवहारले पार्टीभित्र मात्र होइन, आम जनमानसमा पनि राजनीतिप्रति विश्वास र सकारात्मक दृष्टिकोण निर्माण गर्न सघाउ पुर्याउँछ। व्यवहार र सेवामा समर्पित नेता डा. शर्मा प्रतिनिधिसभाका ती विरल सांसद हुन् जसले आफ्नो तलब भत्ता सेवा सुबिधा लिदैनन ।

राजनीतिलाई सेवाको माध्यम बनाउँदै उनले देशैभरि सुदुरपूर्व देखि सुदूरपश्चिम सम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूबाट हजारौं विपन्न नागरिकहरूले जीवनरक्षक उपचार प्राप्त गर्दै आएका छन्। गम्भीर बिरामीहरूको काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्न उनी स्वयं अग्रसर छन्।

आफ्नो निर्वाचन क्षेत्रका लागि नोबेल मेडिकल कलेजमा ५० शय्याको निःशुल्क क्याबिन स्थापना गराउनुका साथै, हालै मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्। देशभर सात स्थानमा एम्बुलेन्स सेवा उपलब्ध गराइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved