काठमाडौं । गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता बाह्र्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयको अवधि लम्बिनु, तापक्रममा असामान्य रुपमा वृद्धि हुनु, वर्षा चक्रको अनियमितताका कारण डेंगीको सङ्क्रमण बाह्रै महिना हुने गरेको विज्ञहरू बताउँछन् ।
डेंगीको सङ्क्रमण फैलाउने एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस जातको लामखुट्टेले विशेषगरी मनसुनको सफा पानीमा फूल पार्ने गदर्छ । तर पछिल्लो समय यो लामखुट्टे बाह्रै महिना सक्रिय हुनथालेसँगै डेंगी सङ्क्रमणको जोखिम पनि बाह्रै महिना हुने गरेको छ । चिसो हिमाली क्षेत्रसम्म पनि बिस्तारै यो फैलिँदै गएको पाइएको छ ।
यसले बिस्तारै हरेक खालको वातावरणमा रहनसक्ने क्षमता वृद्धि गरिहेकाले डेंगी सङ्क्रमण जनस्वास्थ्यको मुख्य चुनौतीको रुपमा देखिन थालेको विज्ञको विश्लेषण छ ।
डेंगी सङ्क्रमितको सङ्ख्या १६ सय नाघ्यो
नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय नाघेको छ । सातवटै प्रदेशमा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
गत पुष महिनादेखि देखिन थालेको सङ्क्रमणबाट सबैभन्दा धेरै बागमती प्रदेशमा ४ सय ४ जना, गण्डकीमा ३ सय ५८ जना, लुम्बिनी प्रदेशमा २७८, कोशी प्रदेशमा ३ सय ३४, मधेश प्रदेशमा ३१, कर्णालीमा ३६ जना सुदुरपश्चिममा २ सय ३२ जना गरी जम्मा १६ हजार १ सय ७३ जना बिरामी परेका छन् । महाशाखाका अनुसार गत साता मात्रै ७१ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित सबैभन्दा धेरै गण्डकी प्रदेशमा २० जना छन् भने कर्णालीमा १ जनामा डेंगीको सङ्क्रमण पुष्टि भएको छ । अहिलेकै अवस्थामा डेंगीको सङ्क्रमण बढ्दै गए गत वर्षको जस्तो अवस्था आउन सक्ने महाशाखाको चेतावनी छ । इडिसिडीको तथ्याङ्क अनुसार गत वर्ष ४५ हजार भन्दा बढीलाई सङ्क्रमण भएको थियो भने १५ जनाको मृत्यु भएको थियो ।
यस वर्ष पनि सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएकाले सावधानी अपनाउन महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved