ओली लक्षित माधवको टिप्पणी,कम्युनिस्ट आन्दोलनमा अधिनायकवाद मौलायो

  • भदौ १३, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन्।

शुक्रवार पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौँले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन्। नेकपा (एमाले)लाई लक्षित गर्दै उनले त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेको टिप्पणी गरे। एमालेभित्र रहेका मानिसहरुले भोगिरहेको र आफूहरू समेत तमासा हेरेर बसिरहेको उनको टिप्पणी छ।

आफूहरूले सुरु गरेको कम्युनिष्ट पार्टीले २०७४ सालमा बहुमत ल्याउँदा समेत संविधान संशोधन र ऐन कानून निर्माणमा तीव्रता दिन नसक्नुको मुख्य दोषी ओली भएको उनको आरोप छ।

एमाले नेतृत्व पूर्व सहयोगिमाथि बदला लिन उद्यत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु शाह र उपेन्द्र यादवको पालो आएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved