काठमाडौँ : राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशीला कार्कीलाई पहिलो महिला सरकार प्रमुख बनाएर शपथ खुलाउने तयारीमा छन्। अब केहीवेरमा उनलाई शपथ गराईँदै छ।
नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य लगभग पूरा भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगिसकेका छन् भने विभिन्न देशका राजदूत र सरकारी उच्च अधिकारीहरू पनि पुगेका छन्।
सानो मन्त्रिमण्डल बनाउने तयारी गरिए पनि अन्यको नाम खुलाइएको छैन। अहिले यहाँ कडा सुरक्षा कायमै छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved