३ वर्षीया बालिकाको अपहरण र हत्या मुद्दा: मुख्य प्रतिवादी प्रोग्रेस चौधरी २० हजार धरौटीमा रिहा

  • भदौ २६, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । तीन वर्षीया बालिकाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका मुख्य प्रतिवादी प्रोग्रेस चौधरी भन्ने पुरगेश चौधरीलाई बारा जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

​न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार मुख्य प्रतिवादी चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ७२ बमोजिम २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत बुझाउन आदेश दिएको हो। तोकिएको धरौटी वा जमानत दिन नसकेमा निजलाई कानुन बमोजिम पुर्पक्षका लागि वीरगन्ज (पर्सा) स्थित कारागार कार्यालय पठाउन अदालतले निर्देश गरेको छ। ​

यसै मुद्दामा अभियोग लागेका अन्य प्रतिवादीहरू इन्द्रजित चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नवीन विक, टेकबहादुर थापा मगर, शेष हसमुदिन आलम, सबिता चौधरी र विन्दु देवी चौधरीको हकमा भने तत्काल पर्याप्त प्रमाण नपुगेको ठहर गरिएको छ। अदालतले उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम तारेखमा राखी पुर्पक्ष गर्न र दफा ७९ बमोजिम प्रक्रिया अघि बढाउन आदेश दिएको छ।

​गत २०८३ साल साउन ३१ गते बिहान घर अगाडि खेलिरहेको अवस्थामा ३ वर्षीया बालिका हराएकी थिइन्। खोजतलासका क्रममा भदौ २ गते दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगर टोलस्थित वीरबहादुर रोक्काको खाली घरभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

​जाहेरी अनुसार मुख्य प्रतिवादी प्रोग्रेस चौधरीले विद्युतीय लाइन जडान गर्ने बहानामा बालिकालाई आफ्नो खाली घरमा लगेर जबरजस्ती करणी गरी क्रुरतापूर्वक हत्या गरेका थिए। ​अदालतले यस मुद्दामा फरार रहेका अन्य प्रतिवादीहरूका नाममा कानुनबमोजिम म्याद जारी गरी नियमानुसार पेस गर्न आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
केएमसीमा पाँच दिनकी ...

काठमाडौं । ​काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा जन्मिएको पाँच दिनमै नवजात शिशुको सफल शल्यक्रिय ...

पाँच दिनमै नेपाली से ...

​नुवाकोट । यही भदौ १० गते तादी खोलामा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने ...

देशभर मनसुनी वायुको ...

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यू ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved