जयनेपाल पार्टीका अध्यक्ष राणा सुदूरपश्चिम भ्रमणमा: समृद्धिका लागि नयाँ सोच र संकल्पका साथ अघि बढ्ने घोषणा

  • भदौ २७, २०८३
  • कालापानी मिडिया
alt

​धनगढी / सुदूरपश्चिम नवनिर्मित जयनेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर राणा सुदूरपश्चिम क्षेत्रको सङ्गठन विस्तार तथा राजनीतिक भ्रमणका क्रममा छन्।

भ्रमणका क्रममा उनले स्थानीय नेता, कार्यकर्ता तथा जनसमुदायसँग भेटघाट गरी देशको समग्र रूपान्तरणका विषयमा महत्वपूर्ण विचार–विमर्श गरेका छन। ​छलफलका क्रममा डा. राणाले देशमा आमूल आर्थिक रूपान्तरणमार्फत जनताको जीवनस्तर उकास्ने, वैदिक सनातन हिन्दु धर्म तथा मौलिक संस्कृतिको जगेर्ना गर्ने र एक सशक्त एवं सन्तुलित विदेश नीति कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।

आगामी निर्वाचनलाई लक्षित गर्दै उनले देशका ज्वलन्त समस्या र जनताका वास्तविक मुद्दाहरूलाई केन्द्रमा राखेर दीर्घकालीन तथा समाधानमुखी नीति अघि बढाउने विषयमा गहन छलफल गरेका छन। ​"परिवर्तनका लागि नयाँ सोच र जनताको समृद्धिका लागि नयाँ संकल्पका साथ जयनेपाल पार्टी अघि बढ्छ," अध्यक्ष डा. राणाले बताए।

​यतिबेला पार्टीले देशका विभिन्न जिल्लाहरूमा सङ्गठन निर्माण तथा विस्तार अभियानलाई तीव्र बनाएको छ। सुदूरपश्चिम भ्रमणले स्थानीय कार्यकर्ताहरूमा नयाँ उत्साह छाएको पार्टीका केन्द्रिय सदस्य चन्द्रकान्त भण्डारीले जनाए ।

FB_IMG_1789202846417 FB_IMG_1789202828813 FB_IMG_1789202807409

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
वरिष्ठ पत्रकार युवरा ...

काठमाडौँ । वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको शनिबार बिहान निधन भएको छ। श्वासप्रश्वासमा गम्भीर स ...

केएमसीमा पाँच दिनकी ...

काठमाडौं । ​काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा जन्मिएको पाँच दिनमै नवजात शिशुको सफल शल्यक्रिय ...

३ वर्षीया बालिकाको अ ...

काठमाडौँ । तीन वर्षीया बालिकाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका मुख्य प्रतिवादी प्रोग्र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved