एपीएफले बङ्गालसंग खेल्ने

  • मंसिर २९, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं : काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ। आइतबार भारतको इस्ट बङ्गाल एफसीले बंगलादेशको नासिरन स्पोर्टस एकेडेमीमाथि ७–० को सानदार जित हासिल गरेसँगै फाइनल खेल्ने दुई टोलीको टुंगो लागेको हो।

लगातार तेस्रो खेलमा जित हासिल गरेको बङ्गालले फाइनलमा नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। ​ नासरिनको हारसँगै तीन खेलमा सात अंक जोडेको एपिएफले पनि दोस्रो स्थान सुरक्षित गर्यो। आइतबारको नतिजासँगै नासरिन एक खेलअगावै फाइनल समीकरणबाट बाहिरियो।

तीनमध्ये नासरिनले दुईमा पराजय र एकमा बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बङ्गालका लागि स्ट्राइकर फाजिला इक्वापुट एक्लैले पाँच गोल गरिन्। त्यस्तै अट्याकिङ मिडफिल्डर ज्योती चोहान र स्ट्राइकर सुलन्जना राउलले एक–एक गोल गरे।

आइतबार नै भएको पहिलो खेलमा ट्राइकर रश्मिकुमारी घिसिङको गोल निर्णायक बनेपछि एपिएफले पाकिस्तानको कराँची सिटी फुटबल क्लबलाई १–० ले हराएको थियो। रश्मिले ५२ औँ मिनेटमा गरेको गोलले जितहारको छिनोफानो गरेको हो।

जितसँगै एपिएफको तीन खेलबाट दुई जित र एक बराबरीसहित सात अंक भएको छ। लगातार तीन खेल जितेको इस्ट बंगालको नौ खेल रहेको छ र तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। पाकिस्तानको च्याम्पियन कराँची भने हारपछि प्रतियोगिताबाट बिदा भयाे। साफले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा पाँच सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता थियो।

सिङ्गल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ। त्यसअगाडि एपिएफ र इस्ट बङ्गालले लिग चरणको अन्तिम खेलमा बुधबार एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। ​नासरिनले बुधबार ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved