राजा ज्ञानेन्द्र स्थलमार्ग हुँदै स्वदेश फिर्ता

  • पुस ९, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ। राजा ज्ञानेन्द्र शाह र वडामहारानी कोमल शाह स्थलमार्ग हुँदै स्वदेश फर्किनु भएको छ । उहाँ बुधबार अपराह्न साढे चार बजे झापाको बिर्तामोड आइपुग्नु भएको हो ।

 पूर्वी नेपालको सिमानाका काकडभिट्टा हुँदै उहाँ स्वेदश फर्किनु भएको हो। उहाँ अझै केही दिन दमकमा रहेको आफ्नै हिमालय महालक्ष्मी चिया बगानमा रहनुहुने राजाका सम्बाद सचीव फणिराज पाठकले जानकारी दिनुभयो। राजा शाह दम्पती पुस २ गते स्थलमार्ग हुँदै भारतको पश्चिम बंगालको सिलिगुडी पुग्नु भएको थियो।

पछिल्लो समय नेपालमा बढ्दै गएको गणतन्त्र विरोधी असन्तुस्टि र राजसंस्थाको पक्षमा देखिएको सक्रियताका बीच भएको यस भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, राजाले विगतमा पनि स्वास्थ्य परीक्षण, धार्मिक यात्रा र पारिवारिक भेटघाटका लागि भारत भ्रमण गरिराख्नुहुने भएकाले यसलाई विशुद्ध निजी र पारिवारिक भ्रमण हुनसक्ने अनुमान पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved