भारतीय प्रधानमन्त्री मोदी र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता

  • जेठ २०, २०८३
  • कालापानी मिडिया
alt

narendra-rabi-2 काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

नयाँदिल्लीमा भएको भेटवार्ताका विषयमा सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मोदीले दुई देशबीचको संमृद्ध भविष्यका लागि मिलेर अघि बढ्ने बताएका छन्।

मोदीले लामिछानेसँग भेटन पाउँदा खुसी लागेको पनि बताएका छन्। ‘रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। एक साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँ (रवि)को चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पनि पूर्ण सहमति छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

साथै दुई देशबीचको विषेश एवं बहुआयमिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सहकार्य गर्ने पनि मोदीको भनाइ छ। ‘हाम्रो छिमेकी पहिलो’ (नेइबरवुड फस्ट) नीति अन्तर्गत नेपाल एक प्राथमिकताको साझेदार हो र हाम्रा दुई देशबीचको विशेष एवं बहुआयामिक सम्बन्धलाई अझ उच्च उचाइमा पुर्‍याउन हामी नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ’, उनले भनेका छन्।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा लामिछाने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार भारतको पाँच दिने भ्रमणमा गएका थिए।

मंगलबार लामिछानेलाई भाजपा कार्यालयमा पार्टी अध्यक्ष नितिन नवीनले स्वागत गरेका थिए। मंगलबार नै भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग लामिछानेको भेटवार्ता भएको थियो।

भारत भ्रमणमा लामिछानेसँग उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका विदेश विभाग प्रमुख तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य पनि सहभागी छन्।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved