राप्रपाले वैधानिकता गुमायो, अध्यक्षको गैरजिम्मेवार शैलीले पार्टी संकटमा: डा. धवलशमशेर राणा

  • जेठ २०, २०८३
  • कालापानी मिडिया
alt

 

​काठमाडौँ, २०८३ जेठ २०
​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले पार्टीले आफ्नो वैधानिकता गुमाएको दाबी गर्दै नेतृत्वको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउनुभएको छ। जेठ २० गते एक 'ध्यानाकर्षणका लागि अपिल' जारी गर्दै नेता राणाले पार्टी अध्यक्षले आफ्ना कमी-कमजोरी लुकाउन अरूमाथि दोषारोपण गरेको आरोप लगाउनुभएको हो।

​विज्ञप्तिमा उल्लेख भएअनुसार, राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल गत मंसिरमै पूर्ण भइसकेको थियो। वैधानिक बाध्यताका कारण एक वर्षअघि नै उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा महाधिवेशन सुझाव समिति गठन गरिएको र त्यसमा डा. राणा स्वयं सदस्य रहनुभएको थियो। उक्त समितिले निर्वाचन ढिला भए मंसिरमा र छिटो भए चालु वर्षको जेठ महिनाभित्र महाधिवेशन गराउन सुझाव दिएको थियो, जसलाई केन्द्रीय समितिले पारित समेत गरेको थियो।
​"केन्द्रीय समितिको समयावधि ६ महिना थप गरिएकोमा हिजो जेठ १९ गते थपिएको समय पनि पूर्ण भइसकेको छ र पार्टीले वैधानिकता गुमाएको छ," डा. राणाले अपिलमा भन्नुभएको छ।

​अध्यक्षको अभिव्यक्ति 'हास्यास्पद र गैरजिम्मेवार'

​डा. राणाले दर्जनौँ पटक औपचारिक तथा अनौपचारिक बैठकहरूमा दिइएका सुझाव र सल्लाहलाई नेतृत्वले कहिल्यै स्वीकार नगरेको र निर्णय भए पनि कार्यान्वयन नगरेको गुनासो गर्नुभएको छ। आफ्नो पुरानो प्रवृत्तिलाई ढाकछोप गर्न अध्यक्षबाट लिखित रूपमै "राणालाई महाधिवेशनको तालिका तयार पार्ने जिम्मा दिइएको र उनी जिम्मेवारीबाट पन्छिएका वा भागेका" भन्ने दुष्प्रचारपूर्ण अभिव्यक्ति आएको भन्दै उहाँले त्यसको कडा खण्डन गर्नुभएको छ। उहाँले अध्यक्षको यस्तो शैलीलाई हास्यास्पद र गैरजिम्मेवारपूर्ण भन्नुभएको छ।
​नेतृत्वको यही शैली र प्रवृत्तिका कारण गत चुनावमा पार्टीले साख गुमाउनुका साथै वैचारिक मूल्य-मान्यता र सैद्धान्तिक आधार समेत धरापमा परेको डा. राणाको ठहर छ। यसैका कारण सयौँ कार्यकर्ताहरू पार्टी छोडेर अन्यत्र जान बाध्य भएको र पार्टी जनताबाट तिरस्कृत हुने अवस्थामा पुगेको उहाँले उल्लेख गर्नुभएको छ।

​नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि अपिल

​राप्रपाभित्र विश्वासको संकट चुलिएकाले मूल्य र मान्यता स्थापित हुने सम्भावना क्षीण भएको भन्दै डा. राणाले अब नयाँ ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
​अध्यक्षको भ्रमपूर्ण विज्ञप्तिको शब्दजालमा नफस्न आग्रह गर्दै उहाँले सम्पूर्ण राष्ट्रवादी मन, शक्ति, समूह, पार्टी र अभियानहरूलाई आपसी मेल र एकताका माध्यमबाट 'नयाँ राष्ट्रवादी शक्ति निर्माण अभियान' मा जुट्न हार्दिक अपिल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved