नेपालमा एकैसाथ तीनजना कोरोना संक्रमित,सिमा सुरक्षा व्यवस्थित नगरिए अझै संत्रक्रमित बढन सक्ने

  • चैत्र २२, २०७६
  • कालापानी मिडिया
alt

२२ चैत, धनगढी । शनिबार नेपालमा एकैसाथ तीनजना कोरोना संक्रमित फेला परेका छन्। उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको पुष्टि भएको छ। ती तीनैजना सुदूरपश्चिम प्रदेशका हुन्।

जसमा दुईजना कैलाली र एकजना कञ्चनपुरका छन्। तीमध्ये दुई पुरुष छन् भने एक महिला छिन्। कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। उनी नेपाल सरकारले ‘लकडाउन’ घोषणा गरेपछि भारतबाट घर फर्किएको पत्ता लागेको हो। यो संगै नेपालमा ९ जना कोरोना संक्रमित पुगि सकेका छन् । जसमध्ये ४ जना सुदूरपश्चिम प्रदेशका छन् ।
१० चैतमा सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशलाई ‘लकडाउन’ गरेको थियो। शनिबार दसंक्रमित देखिएकाहरु सरकारले सबै सीमानाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर फर्किएको खुलेको हो। चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको प्रहरीले जनाएको छ। गत ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुमा उनी पनि रहेको बुझिएको कैलालीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।

गौरीफन्टामा अलपत्र नौ सय ९९ नेपालीलाई बसमार्फत घर पठाइयो ती युवक भारतको मुम्बईस्थित एक होटलमा काम गर्थे। गौरीफान्टा नाकामा चैत ११ गते बिहान भारतबाट फर्किएकाहरुले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रहरीका अनुसार नाराबाजीमा उत्रिएका हजारभन्दा बढीको हुलमा ती युवा पनि सामेल थिए। गत चैत ११ गते देशमा लकडाउन चलिरहेका बेला गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका नेपालीबीच तनाव भएको थियो। सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको थियो।

आवगमनमा रोक लगाएको अवस्थामा गौरीफन्टा नाकामा भारतबाट आएका सयौंको संख्यामा नेपालीसहितले सुरक्षा घेरा तोड्न खोज्दा तनाव भएको थियो। अब भने सुदूरपश्चिममा अरुमा पनि कोरोना संक्रमण भेटिन सक्ने आशंका गरिएको छ ।
नेपाल आइसकेका सबैको कोरोना परिक्षण नगरिएको र उनिहरु धरै आ आफ्नो घर गइसकेकाले पनि पन्न हुन थालेृको हो ।

अझ हजारौ नेपालीहरु सिमामा अलपत्र रहेको र उनिहरु कुनै बेलापनि नेपाल प्रबेस गर्न सक्ने र यसबाट भयाबह अवस्था आउन सक्ने भएकाले सरकारले चाडै उनिहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । अन्यथा नेपालको अवस्था के हुन्छ आंकलन गर्न समेत सकिदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved