काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले काठमाडौँस्थित विभिन्न देशका राजदूतहरूसँग एक्लाएक्लै [द्विपक्षीय] भेटवार्ता सुरु गरेका छन्।
प्रधानमन्त्री शाहले सोमबार पहिलो भेट भारतीय राजदूत नवीन श्रीवास्तवसँग गरेका छन्। यसअघि कूटनीतिक प्रोटोकलको कारण देखाउँदै विदेशी नियोगका अधिकारीहरूसँग सामूहिक रूपमा मात्र संवाद गर्दै आएका उनले चौतर्फी आलोचना र कूटनीतिक वृत्तको सुझावपछि आफ्नो निर्णय बदल्दै एकल भेट थालेका हुन्।
सोमबार नै उनले चिनियाँ राजदूत झाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved