बजेट कार्यान्वयन शृङ्खला: २० ठूला बहुराष्ट्रिय कम्पनीहरूसँग छलफल गर्दै अर्थमन्त्री

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग अर्थमन्त्रीको छलफल

  • साउन २५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा उच्चपदस्थ अधिकारीहरूसँग छलफल गर्ने भएका छन। 

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खला अन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग मन्त्री वाग्लेले परामर्श गर्न लागेका हुन् ।  अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे सुरु हुने उक्त संवादमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारहरूलाई आमन्त्रण गरिएको छ। 

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटमार्फत दिइएका सुविधा, उनीहरूले वर्तमान समयमा भोगिरहेका व्यावसायिक समस्या तथा नेपालमा लगानी विस्तारका सम्भावनाबारे छलफल गर्नुहुनेछ। यसका साथै देशभित्र थप रोजगारी सिर्जना गर्ने र अर्जित प्रतिफल (नाफा) सहज रूपमा फिर्ता लैजान सरकारले गर्नुपर्ने नीतिगत तथा प्रशासनिक सहजीकरणका सम्बन्धमा समेत कुराकानी हुने मन्त्रालयले जनाएको छ।

अर्थमन्त्रीले उद्योगी–व्यवसायीहरूलाई आफ्ना समस्या तथा सुझावहरू मौखिकसँगै लिखित रूपमा समेत पेस गर्न आग्रह गर्नुहुनेछ।  बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित यस छलफल शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री डा.वाग्लेले उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो मात्रामा रोजगारी सिर्जना गरेका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसक्नुभएको छ।

त्यसैगरी उहाँले नेपालका क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि चरणबद्ध संवाद पूरा सकेका छन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
वर्षाको समय छ, घर नभ ...

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर ...

संस्थापन पक्षप्रति अ ...

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना ...

प्रधानमन्त्री बालेनद ...

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले काठमाडौँस्थित विभिन्न देशका राजदूतहरूसँग एक्लाएक्लै ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved