पूर्वी चीनमा शक्तिशाली डल्फिन आँधीको त्रास, १० लाखभन्दा बढी मानिस विस्थापित

  • साउन २५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । चीनको पूर्वी क्षेत्रमा आँधी डल्फिन प्रवेश गरेपछि १० लाखभन्दा बढी मानिसलाई उनीहरूका घरबाट सुरक्षित स्थानमा सारिएको छ।

आँधीका कारण राजधानी साङ्घाईसहित विभिन्न क्षेत्रमा जनजीवन नराम्ररी प्रभावित भएको छ । मौसम विभागका अनुसार, ‘डल्फिन’ आँधीले हिजो साँझ करिब साढे बजे झेजियाङ प्रान्तको युहुआनमा पहिलोपटक जमिनमा प्रवेश गरेको थियो।

त्यसबेला आँधीको अधिकतम गति १५० किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो। त्यसको करिब एक घण्टापछि आँधीले वेन्झोउ सहरमा दोस्रोपटक जमिनमा प्रवेश गरेको थियो।

आँधीका कारण साङ्घाईमा मात्रै करिब १,४०० उडान रद्द गर्नुपरेको थियो । यसबाट ठूलो संख्यामा यात्रुहरू समस्यामा परेका छन्।

चिनियाँ अधिकारीहरूले ‘डल्फिन’ आँधीलाई लिएर यसअघि सबैभन्दा उच्च तहको ‘रेड अलर्ट’ चेतावनी जारी गरेका थिए। तर, आज बिहान आँधीको तीव्रता कम भएपछि चेतावनीको स्तर घटाइएको छ। मौसम विभागका अनुसार, आँधी अहिले चीनको भित्री भूभागतर्फ अघि बढिरहेको छ।

अधिकारीहरूले बुधबारसम्म मुसलधारे वर्षा, बाढी र पहिरोको सम्भावनालाई लिएर चेतावनी जारी गरेका छन् । शानडोङ, हेनान, हुबेई, आन्हुई, जिआङ्सु र झेजियाङ प्रान्तका साथै साङ्घाईमा सोमबार पनि भारी वर्षा हुने अनुमान गरिएको छ।

स्थानीय प्रशासनले मानिसहरूलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

नेपालीको महान् पर्व ...

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि विधिवत् रूपमा सुरु भएको छ। आश ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved