काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आह्वान गरेका छन्। इतर पक्षले राष्ट्रिय भेला राखेपछि पार्टी फुट्न दिन नहुने उनको भनाइ छ।
उनले भनेका छन्, ‘साथी हो, पार्टी फुट्न दिनु हुँदैन है, पुरानो हो, सङ्कटमा काम लाग्न सक्छ, वर्षाको समयमा घर भत्काउँदा सबै भिज्नुपर्छ। असिना आयो भने ज्यान पनि जान सक्छ।’
उनले कमजोरी भए सुधार गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
उनले थपेका छन्, ‘घरका हरेक ढुङ्गा रगतले मुछिएको माटोले अडेको छ, खाँवाहरू शहीदका हड्डी हुन्, विगतमा सत्ताले भुलेको पक्कै हो। मर्यादालाई नबिर्सी।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved