पाँचतारे होटलमा 'बिफ' भित्र्याइएको भन्दै जय नेपाल पार्टीको आपत्ति, गेटमै धर्ना दिने चेतावनी

  • भदौ ६, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै जय नेपाल पार्टीले त्यसको विरोधमा कडा आन्दोलन गर्ने घोषणा गरेको छ।

​पार्टीका सभापति धवलशमशेर राणाले होटलका मुख्य प्रवेशद्वारमै पुगेर विरोध कार्यक्रम आयोजना गर्ने र बिफ आयात पूर्ण रूपमा रोक्न दबाब दिने बताएका छन्।

​नेपालमा गाईको मासु आयात तथा बिक्री-वितरण कानुनी र सांस्कृतिक रूपमा संवेदनशील विषय भएको उल्लेख गर्दै पार्टीले यस्ता गतिविधि तत्काल रोक्न सरकार समक्ष माग गर्ने छ। माग सम्बोधन नभए होटलका गेटहरूमा धर्ना दिने र सशक्त दबाब सिर्जना गर्ने चेतावनी पार्टीले दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved