अष्ट्रेलियमा अध्ययतरत नेपाली विद्यार्थीहरु बिचल्लीमा परेको भन्दै राप्रविसंले गरायो सरकारको ध्यानाकर्षण

  • चैत २३, २०७६
  • कालापानी मिडिया
alt

२३ चैत, काठमाडौं । अष्ट्रेलियमा अध्ययतरत नेपाली विद्यार्थीहरु बिचल्लीमा पर्न लागेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले सरकारलाई बेलैमा समाधान खोज्न अनुरोध गरेको छ ।

विद्यार्थीहरु घर फर्क भन्ने अस्ट्रेलिया सरकारको आह्वान मानवीय दृष्टिले गैरजिम्मेवार र अशोभनीय भएको ठहर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीसम्वद्ध राप्रविसंले सरकारको ध्यानाकर्षण गराएको हो ।

राप्रविसंका अध्यक्ष महेश सिंहले आइतबार विज्ञप्ति जारी गर्दै भने, ‘अष्ट्रेलिया सरकारको निर्णयले हजारौं नेपाली विद्यार्थी प्रभावित हुने भएका छन् । नेपाल सरकारले कुटनीतिक तहमा अष्ट्रेलिया सरकारसँग वार्ता गरी नेपाली विधार्थीहरुलाई सुरक्षित राख्न उचित समाधान खोज्नु पर्दछ ।’

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोना प्रकोपका कारण त्यहाँ अध्ययन गर्ने विदेशी विद्यार्थीहरुलाई घर फर्कन आह्वान गरेका छन् ।

कोरोना महामारीका कारण विश्वका कैयौं देश बन्दाबन्दीमा रहेको विषम परिस्थितिमा अन्तर्राष्ट्रिय विधार्थीहरुले अस्ट्रेलियाको अर्थतन्त्रमा पुर्याएको योगदान चटक्क बिर्सीएको भनेर राप्रविसंले चिन्ता व्यक्त गरेको छ । सरकारी तथ्यांकअनुसार अष्ट्रेलियामा करिब ५४ हजर नेपाली विद्यार्थी अध्यानरत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved