पशुपतिनाथमा गैरहिन्दू प्रवेश प्रकरण: इटहरीबाट प्रियंका र ओसीम पक्राउ

  • असोज २१, २०८३
  • कालापानी मिडिया
alt

​विराटनगर । पशुपतिनाथको मुख्य मन्दिर परिसरमा गैरहिन्दू प्रवेश गरेको घटनामा संलग्न रहेको आरोपमा इटहरीबाट दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इटहरीकी प्रियंका परियार र उनका पति ओसीम अन्सारी रहेका छन्। ​पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट नियन्त्रणमा लिएको हो।

पक्राउपछि उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ। ​केही समयअघि प्रेम विवाह गरेका उनीहरू पशुपतिनाथ मन्दिर परिसरमा पुगेर भिडियो बनाएका थिए। उक्त भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि सो विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओकै आधारमा सांसद खुस्वु ओलीले प्रतिनिधि सभाको बैठकमा समेत यस विषयमा प्रश्न उठाएकी थिइन्, पशुपति क्षेत्र विकास कोषले पनि उनीहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेको थियो।

संसदमा नै कुरा उठेपछि र सामाजिक सञ्जालमा चर्चा चुलिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। ​प्रहरीसँगको बयानका क्रममा प्रियंका परियारले आफ्ना श्रीमानलाई पशुपतिनाथ मन्दिर लगेको स्वीकार गरेकी छन्। पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको बताउँदै उनले धार्मिक आस्थाको केन्द्रमा श्रीमानलाई सँगै लैजानुको कुनै गलत उद्देश्य नभएको स्पष्ट पार्दै यसलाई अन्यथा नबुझ्न आग्रह गरेकी छन्।

​पक्राउ परेका ओसीम अन्सारी इटहरी–८ का स्थायी बासिन्दा हुन् र उनी त्यहीँ व्यापार व्यवसाय गर्दै आएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
महामन्त्री पदमा उम् ...

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवं जी.पी. कोइराला फाउन्डेसनका अध्यक्ष डा. सुनिल शर् ...

दोधारा चाँदनी र भिमद ...

कंचनपुर । महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल भत्कियो, आवतजावत पूर्णरूपमा ठप ...

फेसबुक टाइमलाइनमा नय ...

काठमाडौँ। पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुकको प्रोफाइल टाइमलाइनको डिजाइनमा नयाँ परिवर्तन देख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved