नेपाली कांग्रेसको १५औँ महाधिवेशन: भारी मतान्तरले सभापतिमा गगनकुमार थापा निर्वाचित

  • असोज २४, २०८३
  • कालापानी मिडिया
alt

​काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा सभापति पदमा निकै फराकिलो मतान्तरका साथ विजयी भएका छन्।

​राष्ट्रिय सभा गृहमा सम्पन्न मतगणनाअनुसार थापाले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापतिमा जित हासिल गरेका हुन्। सभापति पदका उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत मात्र प्राप्त गरे। ​कुल ७ हजार ३९ मत खसेको उक्त निर्वाचनमा ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। ​

यसअघि थापालाई सर्वसम्मत रूपमा सभापति चयन गर्ने प्रयास गरिए पनि खड्गीले उम्मेदवारी फिर्ता लिन नमानेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो। सभापतिमा उम्मेदवारी दिएका अर्का नेता किशोरसिंह राठोरले भने थापालाई निर्विरोध बनाउने सहमति जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

​सभापति पदको परिणाम सार्वजनिक भइसके पनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भने मतगणना सुरु भइसकेको छैन। निर्वाचन समितिका अनुसार बाँकी पदहरूको मतगणना प्रक्रिया छिट्टै अगाडि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​'संगठन सुदृढीकरण र ...

काठमाडौँ । जय नेपाल पार्टीका सभापति डा. धवल शम्शेर राणाले संगठन सुदृढीकरण र जनताको हकहितका लागि दृढत ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदै छ ...

​रूपन्देहीमा क्याप्ट ...

रूपन्देही । रूपन्देहीको राजनीतिक वृत्तमा नयाँ विकल्प र रूपान्तरणको नारासहित क्याप्टेन प्रेम कुँवरको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved