​रूपन्देहीमा क्याप्टेन प्रेम कुँवरको सभापतित्वमा 'जय नेपाल पार्टी' गठन, ६५ बढी युवा प्रवेश

  • असोज २४, २०८३
  • कालापानी मिडिया
alt

रूपन्देही । रूपन्देहीको राजनीतिक वृत्तमा नयाँ विकल्प र रूपान्तरणको नारासहित क्याप्टेन प्रेम कुँवरको सभापतित्वमा २१ सदस्यीय 'जय नेपाल पार्टी' रूपन्देही जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा गठन भएको छ।

​जिल्लामा पार्टीको सङ्गठन विस्तार र राजनीतिक गतिशीलतालाई तीव्रता दिने उद्देश्यका साथ नयाँ कार्यसमिति घोषणा गरिएको हो। अनुभवी र युवा नेतृत्वको समन्वय रहेको यस समितिले देश र जनताको पक्षमा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने दृढ सङ्कल्प लिएको जय नेपाल पार्टीका संगठन विभाग प्रमुुख प्रज्वल बोहराले जानकारी दिए ।

 ​पार्टी गठनकै अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी ६५ जनाभन्दा बढी जोशिला युवा तथा समाजका विभिन्न व्यक्तित्वहरू 'जय नेपाल पार्टी'मा प्रवेश गरेको थापाको भनाई छ ।

नयाँ प्रवेशीहरूलाई पार्टी नेतृत्वले स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेको छ। ​पहिलो चरणमै व्यापक सङ्ख्यामा भएको पार्टी प्रवेशले रूपन्देहीमा जय नेपाल पार्टीको आधार सुदृढ र बलियो बनेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​'संगठन सुदृढीकरण र ...

काठमाडौँ । जय नेपाल पार्टीका सभापति डा. धवल शम्शेर राणाले संगठन सुदृढीकरण र जनताको हकहितका लागि दृढत ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदै छ ...

नेपाली कांग्रेसको १५ ...

​काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved