कालीमाटी फलफूल तथा तरकारी बजार समिति उपभोक्तामुखी बन्दै

  • चैत २४, २०७६
  • कालापानी मिडिया
alt

२४ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार समितिले लक डाउन अवधिभर कालीमाटी बाहेक अन्य ठाउँबाट पनि उपभोक्तालाई तरकारी वितरण गर्न माग गरेको छ । कालीमाटीबाट मात्रै तरकारी वितरण गर्दा भिडभाड बढि हुन थालेपछि उपत्यकामा जहाँ तरकारी खाचो छ, पहिचान गरेर स्टल राख्न माग गरेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका सदस्य नबिन शाहीले जानकारी दिए ।

"उनले कालीमाटीमा सहज ढंगले बिक्रि बितरसण गर्ने र बाकि तरकारी कालीमाटीकै मुल्यमा उपभोक्ता माझ पुर्याउने समितिको लक्ष रहेको बताए ।" यसरी वितरण गर्दा मुल्यमा समानता भएर उपभोक्ता ठगीनबाट जोगिने र कालीमाटीमा पनि भिडभाड कम हुने उनको बिश्वास छ ।
उनि भन्छन्, "मुलुक कोरोना माहामारीले थलिएको बेला कतिपयले गरिव गुर्धालाई राहत बितरण गर्ने गरेका छन् भने कतिपयले यसलाई कमाउ धन्दा बनाएका छन् । जसका कारण तरकारीको उचित मुल्य उपभोक्ता सम्म पुग्न सकेको छैन ।, न सरकारले यस्तालाई अनुगमन गरेर यस्तालाई कारवाहि गर्न सक्छ, न बजार व्यवस्थीत गर्न सक्छ । यदि यहि ढंगले कालीमाटी चल्छ भनेर छोडिन्छ भने त बजार बन्द गर्नुको बिकल्प नरहने उनको भनाइ छ ।,"

हरेक दिन बिहान २ वजेदेखि ७ वजे सम्म कालीमाटीमा तरकारी लानेहरुको हानथाप नै हुन्छ । एकै पटक सयौको संख्यामा गाडी लिएर आउछन् । सोल्टी मोड सम्मनै गाडीको लाइन हुन्छ । मान्छेको भिड पनि उस्तै । यसरी आफ्नो ज्यान धरापमा राखेर बजार खोल्न नसकिने भन्दै उनि भन्छन् यदि सरकारले आफ्ना नागरिक स्वस्थ रहुन भन्ने चाहने हो भने सबैभन्दा पहिले कालीमाटी बजार व्यवस्थित गर्नु पर्यो । अन्यथा अवस्था भयावह हुन सक्छ ।

हरेक दिन जसो उपभोक्ताका लागि पर्याप्त तरकारी अइएरहेको बताउदै उनले भने जसको बारीमा तरकारी छ निर्वाध पूर्वक बजारसम्म ल्याउन सक्नु हुन्छ । समितिले भने झै उपत्यकाका अन्य ठाउँमा पनि तरकारीका स्टल राखिने हो भने बाहिरबाट आउने तरकारीका गाडी पनि तत्तत स्थानमा नै लागिने छ । र आवस्यक जनशक्ति पनि खटाइने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved