आजबाट कैलाली र कञ्चनपुरमा कोराना भाईरस र्‍यापिड टेष्ट

  • चैत्र २५, २०७६
  • कालापानी मिडिया
alt

२५ चैत, धनगढी । कैलाली र कञ्चनपुरमा कोराना भाईरस (कोभिड–१९) को र्‍यापिड टेष्ट अर्थात द्रुत जाँच आजदेखि सुरु हुँदैछ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले धनगढीमा प्राविधिक टोलीसंग छलफल भईरहेको जनाएको छ। निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले प्राविधिक टोलीसंग छलफल भईरहेको बताउँदै आजदैखि र्‍यापिड टेष्ट सुरु गर्ने तयारी रहेको बताए।

¥यापिड टेष्टका लागि तालिम प्राप्त ६ सदस्यीय प्राविधिकको टोली सोमवार धनगढी पुगेको थियो। सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ६ जना प्राविधिकको टोली धनगढी पुगिसकेको बताउँदै आजैदेखि टेष्ट सुरु हुने सम्भावना बढि रहेको बताए। मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गर्ने तथा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो।

सुरुमा कैलालीमा दुबईबाट आएका ३१ वर्षीय युवकमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो। पछिल्लो पटक युवककी भाउजुमा पनि कोरोना पोजेटिभ देखिएको छ। छिमेकी भारतबाट फर्किएका कैलाली र कञ्चनपुरका थप दुई पुरुषमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिमलाई डेन्जर जोनमा राखिएको छ। र्‍यापिड टेष्ट क्वारेन्टाईनमा राखिएका सबैको गरिने दावी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved