कैलालीमा एक सय ५३ सुरक्षाकर्मीको कोरोनाको र्‍यापिड टेष्ट

  • चैत २७, २०७६
  • कालापानी मिडिया
alt

२७ चैत, धनगढी । कैलालीमा एक सय ५३ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको कोरोनाको र्‍यापिड टेष्ट गरिएको छ। ८० जना नेपाल प्रहरी र बिभिन्न दर्जाका ७३ जना सशस्त्र प्रहरीको थ्रोट स्वाव संकलन गरी र्‍यापिड टेष्ट गरिएको हो। र्‍यापिड टेष्टका क्रममा सबै जनाको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक सुदिप गिरी, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत लगायत अन्य प्रहरी अधिकारी र विभिन्न दर्जाका प्रहरीको र्‍यापिड टेष्ट गरिएको हो। भीड तथा फिल्डमा खटिएका सुरक्षाकर्मीहरु पनि संक्रमणको उच्च जोखिममा भएका कारण फिल्डमा खटिएका सबै सुरक्षाकर्मीहरुको र्‍यापिड टेष्ट गरिने प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

यस्तै अहिले त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीको र्‍यापिड टेष्ट भईरहेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका थप पाँच जनाको पनि र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved