नेपालमा कोरोना संक्रमणको संख्या ३० पुग्यो, एक दिनमा १४ जनामा संक्रमणको पुष्टि

  • वैशाख ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । शुक्रबार एकैदिन १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जनामा र चितवनमा २ जनामा केरोना संक्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको हो ।


उदयपुर १६ जनाको समूह लुकेर बसेको थाहा पाएपछि प्रशासनको सक्रियतामा उनीहरुको थ्रोट स्वाब परिक्षण गराएको थियो । कोशी अञ्चल अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा ६ जनाको पोजेटिभ देखिएको थियो भने ६ जना शंकास्पद पाइएको थियो ।

पोजेटिभ देखिएका र शंकास्पद ६ जनाको गरि १२ जनाकै स्वाब राष्टिय जनस्वास्थ्य प्रयोगशालामा दुई पटक परिक्षण गर्दा सबैको पोजेटिभ आएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएकोछ ।

त्यसैगरी बिहीबार चितवनस्थित प्रयोगशालामा पिसिआर परिक्षणमा पोजेटिभ देखिएका २ जनाको पनि राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परिक्षण गर्दा पोजेटिभ प्रमाणित भएको हो।

fffff

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved