वीरगञ्जमा उपचार गराइरहेका चारजना कोरोना भाइरस संक्रमित निको भए, निको हुने १६ पुगे

  • वैशाख १४, २०७७
  • कालापानी मिडिया
alt

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका पाँचजना कोरोना संक्रमितमध्ये चार जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन्।

पाँच जनामध्ये चार जनाको लगातार दोस्रो पटक परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने भएको छ।

यसरी परीक्षण नेगेटिभ आउने चार जनामा तीन भारतीय नागरिक र एकजना नेपाली हुन्।

सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले दुई वटा परीक्षण लगातार नेगेटिभ आएपछि डिस्चार्जको तयारी भैरहेको बताए। योसंगै कोरोना संक्रमणलाई जित्नेहरुको संख्या १६ पुगेको छ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved