झापा । राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले कचनकवल गाउँपालीकाका मुस्लिम समुदायलाई रमजानमा नमाज घरमै बसेर पढ्न आग्रह गरेका छन् ।
शनिवार कचनकवल गाउँपालिकाका मुस्लिम समुदायलाई रमजानको शुभकामना दिदै महामनत्ती लिङदेनले मदर्सा, मस्जित बन्द गर्न, घरमै बसेर नमाज पढ्न र सामाजिक दुरी कायम राख्न आग्रह गरेका हुन् ।
गाउँपालिका भरिको मुस्लिम समुदायको प्रत्येक गाउँ बस्तीहरुको मोहल्बी साहब र अग्रज ब्यक्तिहरुको भेला बोलाएर उनले इस्लाम धर्मावलम्बीको पबित्र महिना रमजानको शुभकामना आदानप्रदान गराउदै कोरोनाको माहामारी संग लड्न सबैलाई नियम पालना गर्न आग्रह गरे ।
उनले बर्खायाममा आवातजावत गर्न धेरै कठिनाई हुन सक्ने ठाउमा भएरहेका विकास निर्माणको कार्यक्षेत्रका अनुगमन गर्दे तत्काल नगरी नहुने अत्यावश्यक विकास निर्माणका कार्यहरूमा निरन्तर दिन आग्रह गर्दै कामदारहरुलई सहज बातावरणमा काम गर्ने माहोल श्रजना गर्न पनि आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् ।
महामन्त्री लिङदेनले झापा संग जोडिएका भारतका विभिन्न सिमा सुरक्षामा पुगि सुरक्षाकर्मीहरुमा हौसला बढाउँदै सिमामा कडाइ गर्न निर्देशन पनि दिए ।
लिङदेनले उता भारतको पानी ट्यांकीमा अलपत्र ८७ जना नेपालण्ीको उद्धारका लागि पहल कदमी चालेका छन् । उनले पानी ट्यांकी स्थित नेपालीहरु संग फोन सम्पर्क गर्दै नेपाल ल्याएर क्वारेन्टाइनममा राख्ने प्रतिबद्धता गरेका हुन् ।
भारतमा पनि कोरोना भाइरस संक्रमितको दर बढिरहेको बेला उनिहरुलाई सहजै घर जान दिन नसकिने भन्दै नेपालकै क्वारेन्टाइनमा ल्याएर राख्न सकियोे भने पनि भोक भोकै हुनु पर्दैन भन्ने लिङदेनको धारणा छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved