रुकुम नरसंहारः जातीय विभेदविरुद्ध ऐतिहासिक फैसला

  • मंसिर २०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा साढे तीन वर्षअघि ६ जनाको हत्या भयो । २०७७ जेठ १० गते जाजरकोट भेरी–४ स्थित रानागाउँका २१ वर्षीय नवराज विक र उनका साथीहरूको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा कुटीकुटी हत्या गरिएको थियो । मल्ल थरकी प्रेमीकासँग विवाह गर्न भनि नवराज साथिहरुसहित छिमेकी जिल्ला रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए । सोहीबेला चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले नवराजसहित ६ जनालाई कुटीकुटी हत्या गरेका थिए । गाउँलेको आक्रमणबाट मारिनेमा नवराजसहित उनका साथी सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाही रहेका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा अरू १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवा ...

सिन्धुपाल्चोकमा गएको ...

काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसो भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्ध ...

नुवाकोटको शेरा दरबार ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved