प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

  • पुस १८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध पक्षमा कुराकानी भएको थियो। भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आजै स्वदेश फर्कने भ्रमणतालिका छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved