काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसो भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पबाट केही क्षति भए नभएको बारे पूर्ण विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय बढी सुदूरपश्चिम क्षेत्रको विभिन्न ठाउँमा केन्द्र बिन्दु भएर भूकम्प गइरहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved