काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले डडेलधुरामा आयोजना गरेको आमसभा सम्पन्न भएको छ ।
सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरीष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सुदुरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीलगायतले सम्वोधन गरेका थिए ।
सभामा राप्रपाका नेता, कार्यकर्ता, सदस्य तथा सर्वसाधारणहरुको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रममा हिन्दू अधिराज्य र संघियता खारेजी गरी देश बचाउन अत्यावश्यक भएको ठहर गर्दै सयौं व्यक्तिहरु राप्रपा प्रवेश गरेको वरीष्ठ उपाध्यक्ष मिश्रले जानकारी दिए ।
उनले बाटो बाटोमा समेत स्थानीयले आफुहरुलाई रोकेर पार्टी प्रवेश गरेको बताए ।
डडेल्धुरा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved